पोखराका विश्व वास्तोला एन आर एन अमेरिकाको वोर्डअफ डाईरेक्टरमा उमेदवार !

पोष्ट शेयर गर्नुहोस।
  •  
  •  
  •  
  •  
  •  

अमेरिका।लामो समयदेखि न्युयोर्कलाई कर्मथलो बनाउँदै आएका सामुदायिक ब्यक्तित्व बिश्वराज वाँस्तोलाले आगामी कार्यकालका लागि एनआरएन बोर्ड अफ डाईरेक्टर्समा उम्मेदवारी दिएका छन्।

नेपालमा रहँदा प्रजातान्त्रिक विचार समाज, मानव अधिकार तथा शान्ति समाज, एमनेष्टी इन्टरनेशनल, रेडक्रस, लायन्स क्लव लगायत दर्जनौं सामाजिक संघ संस्थामा आवद्ध भई नेतृत्वदायी भूमिका बहन गरेका वास्तोला अमेरीका बसाईमा पनि उत्तिकै चलायमान र सामाजिक काममा सक्रिय छन् ।

पृथ्वीनारायण क्याम्पस पोखरावाट शैक्षिक प्रशासनमा स्नातकोत्तर गरेका वाँस्तोला नेतृत्व, सहकार्य र संस्थागत एकतामा उदार मानिन्छन् । दर्जनौं जिल्ला एवं रास्टियस्तरको शिक्षा पुरस्कार प्राप्त गरेका उनी २०४९ मा नेपाली कागेसको क्रियासिल सदस्य रहि गाउँ कमिटी सचिव, क्षेत्रिय सदस्य एवं सन २०१४ देखि न्युयोर्कको लंगआइल्याण्डमा नेपाली कांग्रेसको प्रवासमा रहेको संगठन नेपाली जनसम्पर्क समितिको शाखा सभापतीको जिम्मेवारी निभाइरहेका छन् । संस्थागत नृतृत्व र कुर्सी नै मेरा लागि सर्वोपरी होईन, बोर्ड सदस्यका उम्मेदवार वाँस्तोलाले रुपान्तरलाई भने, हरेक तह र तप्कामा रहेर काम गरेको अनुभव छ, त्यहि अनुभवलाई सबैको साथ र समर्थनबाट एनआरएनलाई योगदान दिन अघि बढेको हो । आशा छ, सबैको बिश्वास पाउनेछु।

नेपाल मै छदाँ रक्तदान अभियानमा सक्रिय रक्तदाताबाट परिचित कर्मजिवी वास्तोलाले नेपाल र अमेरिका गरि तिसौं पटक भन्दा वढि रक्तदान गरेका छन् । अझ रोचक त यो छ कि उनका परिवारका पाँचै जना सदस्यहरू सक्रिय रक्तदाता हुन।यो यात्रा पनि वास्तोलाका लागि अविस्मरणिय छ किनकी न्यूयोर्क व्लड सेन्टरले वास्तोलालाई एक पत्र पठाउँदै कोविड १९ महामारीको जोखिम उच्च रहेका बेला जन–सम्पर्क समिति लंगआईलेण्डद्वारा रक्तदान कार्यक्रम गरि रगत अभाव पूर्तिमा सघाएर सयौँ मानिस वचाएको भन्दै शब्द सम्मान ब्यक्त गरेको छ । सन २०१० मा अमेरिका आउनुअघि थाइल्याण्ड, जापान,साउथ कोरिया तथा वेलायत बसेका वास्तोलाले १७ वर्ष अगाडि लण्डनस्थित अल्डरसटको ग्रेटर रसमोर नेपलिज कम्यूनिटीको संस्थापक सचिव भै कार्य गरेका थिए।

अमेरिकाका विभिन्न सामाजिक संघसंस्थामा सक्रिय भै योगदान गरेको भनेर न्युयोर्कका विधान सभा सदस्य माईकल मन्टेसानोले गत वर्ष अथक समाजिक नेता एवं मानवअधिकार रक्षक घोषणा गरि सम्मान गरेको थियो।

वास्तोला वसोवास गर्ने न्यूयोर्कको नासो काउन्टीद्वारा हिन्दुहरूको महान पर्व सुभदिपावलीको पावन अवसरमा कार्यक्रम आयोजना गरि दिइएको प्रशंसापत्रमा समाजिक कृयाकलापमा अग्रणी नेता वास्तोलालाई सम्मान गर्न पाँऊदा गर्व लागेको उल्लेख छ।

त्यस्तै न्यूयोर्कको नासो काउन्टीस्थित वेस्टरवे टाउनद्वारा सेप्टेम्बर ६,२०२० लाई विश्व बास्तोला दिवस घोषणा गर्दै आफ्नो नगरको सामुदायिक विकासमा सक्रिय विशाल हृदयका अनुकरणीय व्यक्ति भन्नेर उच्च सम्मान गरेको छ,न्यूयोर्कका कांग्रेसम्यान थोमस सुजीद्वारा वास्तोलालाई प्रदान गरेको प्रशंसापत्रमा वास्तोलाको समाजप्रतिको समर्पणले समुदायमा सकरात्मक प्रभाव परेको बताएका छन।

बु्रकलिनवोेरो प्रेसिडेन्ट एरिक एडम्मद्वारा कठिन एवं जोखिमपूर्ण समयमा यहाँको वासिन्दालाई सेवा गरेकोमा कोभिड हिरोको रुपमा घोषणा गरी उपयुक्त समयमा सम्मान गर्ने इमेल मार्फत सन्देश प्रवाह गरेका छन्।न्यूयोर्क नासो काउन्ट्रीको वेस्टरवे टाउनमा साउथ यसियन एडभाईजरी वोर्डमा हालसालै नियुक्त वास्तोला उत्तर अमेरिका वस्ने अधिकांस नेपालीविच परिचित छन्।

कास्कीकै लेखनाथ स्थित सिर्जना बहिरा आवासीय उच्च मा.वि को प्राचार्य वनेका बास्तोला २०६६ मा नेपाल सरकारवाट शिक्षा मन्त्रालयको विशेष शिक्षा परिषद्को सदस्य पदमा विशेषज्ञको रुपमा नियुक्त भएका थिए । वास्तोलालाई नजिक वाट पढ्ने र बुझ्नेहरु उनी मिलनसार,निडर एवं सुन्दर मनका भएको वताउछन्।

प्रतिकृया दिनुहोस्
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

Popular News