नेपाली नयाँबर्षको उपलक्षमा ५ शहरमा रक्तदान हुँदै, क्यानेडियन व्लड सर्भिसेजबाट नेपाली समुदायको प्रसंसा

पोष्ट शेयर गर्नुहोस।
  •  
  •  
  •  
  •  
  •  

नेपाली नयाँबर्षको उपलक्षमा क्यानडाका विभिन्न ५ शहरमा रक्तदान हुँदैछ ।

नेपलिज ब्लड डोनार्स एसोसिएसन क्यानडाले अन्य संस्थाको सहयोगमा मिसिसागा, टोरोन्टो स्कारबोरा र म्यानिटोवाको विनिपेगमा रक्तदान गर्दैछ भने हेल्पिड ह्यान्स विदआउट बोर्डर्स(सिमाविहिन हातहरु) क्यानडाको आयोजनामा लण्डन अन्टेरीयोमा रक्तदान आयोजना हुनेछ ।

छुट्टा छुट्टै संस्थाहरुसंग मिलेर यहि अप्रिल १० र १२ गते विभिन्न क्यानडाका ४ स्थानमा रक्तदान गर्न लागीएको नेपलिज ब्लड डोनार्स एसोसिएसन क्यानडाका अध्यक्ष शुरेश गौतमले जानकारी दिनुभयो ।
यहि अप्रिल १० गते मिसिसागाको ७६५ ब्रिटानिया स्थित हर्टल्याण्ड रक्तसंकलन केन्द्रमा दिउसो ११ बजेदेखि ११ः३५ बजेसम्म, र २ व्लोर स्ट्रिटस्थित केन्द्रमा दिउसो ११ बजेदेखि ११ः४५ बजेसम्म रक्तदान गरिने छ । त्यस्तै अप्रिल १२ तारेखका दिन १२५० मार्कमरोड स्कारबोरो स्थित केन्द्रमा दिउसो ३ बजेदेखि ७ बजेसम्म रक्तदान कार्यक्रम हुनेछ । सवै केन्द्रमा १०, १० जनाको दरले रक्तदान गर्न स्थान बुक गरिएको नेपलिज ब्लड डोनार्स एसोसिएसन क्यानडाका महासचिव लिला पाण्डेले जानकारी दिनुभयो ।

मिसिसागा र टोरोण्टोमा एनविडिएले र एनआरएन क्यानडासंगको संयोजनमा रक्तदान गर्दैछ भने स्कारबोरोमा एनविडिए क्यानडा र बाग्लुंड समाज क्यानडाको आयोजनामा रक्तदान हुनेछ । रक्तदानका लागी टोरोण्टोमा ११, स्कारबोरोमा १४ जनाको रजिष्ट्रेसन भइसकेको संस्थाका उपाध्यक्ष राजु बरालले बताउनुभयो । त्यस्तै मिसिसागाका लागी १५ जना रक्तदाताले नाम दर्ता गराइसक्नुभएको छ ।

यता जिटिए बाहिर म्यानिटोवाको विनिवेगमा पनि रक्तदान कार्यक्रम हुदैछ । म्यानिटोवाको विनिपेगमा एनआरएन क्यानडा र नेपलिज कलचरल सोसाइटि अफ म्यानिटोवाको सहयोगमा एनविडिएले रक्तदान गर्दैछ । २० जनाका लागी स्थान बुक गरिएपनि हाल सम्म ३२ जना नेपालीहरुले रक्तदानका लागी नाम दर्ता गरको नेपलिज ब्लड डोनार्स एसोसिएसनका सदस्य कृष्ण न्यौपानेले विनिबेगबाट जानकारी दिनुभयो । नेपाली संस्थाको संयोजनामा पहिलो पटक हुन लागेकोले पनि रक्तदानका लागी नेपाली र नेपालीभाषिहरुको उत्साहपुर्ण सहभागी देखिएको उहा“को भनाइ छ ।

यसैगरि नेपाली नयाबर्षकै उपलक्षमा हेल्पिड ह्यान्स विदआउट बोर्डर्स(सिमाविहिन हातहरु) क्यानडाले पनि लण्डन अन्टेरियोमा यहि अप्रिल १७ तारेख शनिवारका दिन गर्न लागेको रक्तदानका लागी ३० जनाले नाम दर्ता गराइसकेको संस्थाका सल्लाहकार ज्योति बैद्यले बताउनुभयो ।

नेपलिज व्लड डोनार्स एसोसिएसन क्यानडाले २०२१ का लागी क्यानडाभरीबाट २ सय युनिट रगत संकलन गर्ने लक्ष लिएको छ । नेपाली मुलका क्यानेडियनहरुको उत्साहपुर्ण सहभागितले मात्र यो लक्ष पुरा हुने हुदा विभिन्न शहरमा हुने रक्तदानमा सहभागिताका लागी संस्थाले् अनुरोध गरेको छ ।
यसैबिच क्यानेडियन व्लड सर्भिसेजले ट्वीट गर्दै नेपाली समुदायको सहयोगी भावना र साहसीपनको प्रसंसा गर्दै, रक्तदानका लागी चलाएको अभियान महत्वपुर्ण रहेको जनाएको छ

प्रतिकृया दिनुहोस्
  •  
  •  
  •  
  •  
  •  
  •  
  •