काँग्रेस नेता भण्डारी द्धारा तनहुँमा कबर्डहलको उद्धघाटन

पोष्ट शेयर गर्नुहोस।
  •  
  •  
  •  
  •  
  •  

दमौली , १२ चैत । म्याग्देको थर्पुमा कभर्ड हल निर्माण सम्पन्न भएको छ ।

म्याग्दे गाउँपालिका ,विभिन्न संघसंस्था र व्यक्तिहरुको सहयोगमा २७ लाख रुपैयाँको लागतमा कभर्ड हलको निर्माण कार्य सम्पन्न भएको हो ।कभर्ड हलको छानो छाउनका लागि पूर्वमन्त्री शंकर भण्डारीको ३ लाख बराबरको टिन उपलब्ध गराएका थिए ।

यसैबीच कभर्ड हलको बिहिबार नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं पूर्वमन्त्री शंकर भण्डारीले उद्घाटन गरेका छन् । कभर्ड हलको उद्घाटन समारोहमा बोल्दै पूर्वमन्त्री भण्डारीले कभर्ड हल निर्माण हुनु सिङगो म्याग्दे गाउँपालिका बासीका लागि गौरवको विषय भएको बताएका थिए ।कभर्ड हल निर्माण सगै व्याण्डमिन्टन लगायतका विभिन्न इनडोर प्रतियोगिता आयोजना गर्न निकै सुविधा पुगेको भण्डारीको भनाई थियो । यस किसिमका खेलुकद संरचना निर्माण हुँदै गर्दा गाउँ तहमा रहेका प्रतिभाहरुलाई प्रस्फुटनको अवसर मिल्ने समेत पूर्वमन्त्री भण्डारीको भनाई थियो । सोही अवसरमा राजनीतिक प्रसङगमा बोल्दै पूर्वमन्त्री भण्डारीले कम्युनिष्टहरुलाई जनताले विश्वास गर्दा मुलुकको राजनीति आजको अवस्थामा पुगेको हुँदा आगामी निर्वाचनमा कम्युनिष्टहरुलाई कुनै पनि हालतमा मत दिन नहुने तर्क अगाडि सारेका थिए । मुलुक र जनताको हितमा बोल्ने पार्टी भनेको कांग्रेस भएको हुँदा जनताले कांग्रेसलाई विश्वास गर्नुपर्ने पूर्वमन्त्री भण्डारीको भनाई थियो ।
SOURCE SETIMADI

प्रतिकृया दिनुहोस्
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

Popular News