एनआरएनए अमेरिकाको बोर्ड अफ डाईरेक्टर पदमा बराईलीको उम्मेद्धारी घोषणा

पोष्ट शेयर गर्नुहोस।
  •  
  •  
  •  
  •  
  •  

गैह्रआवासीय नेपाली संघ–अमेरिका (एनआरएनए–अमेरिका) को बोर्ड अफ डाईरेक्टर पदमा पूर्णसिंह बराईलीले उम्मेद्धारी घोषणा गरेका छन्। नेपाल अमेरिका फिल्म सोसाइटी संस्थापक अध्यक्ष समेत रहेका बराईलीले एनआरएनए–अमेरिका २०२१–२०२३ को बोर्ड अफ डाईरेक्टर पदमा उम्मेद्धारी दिने घोषणा गरेका हुन्। आफूले सन् २०१७ देखि गैर–नाफामुलक संस्था नेपाल अमेरिका फिल्म सोसाइटी र नेपाल अमेरिका अन्तर्राष्ट्रिय चलचित्र महोत्सवको निरन्तर अभियानमा समेत लागि परेका बराइलीले सबै पक्षलाई समेटेर गैह्रआवासीय नेपालीहरुको हक हित काम गर्ने बताए।

‘मैले सन् २०१७ देखि गैर–नाफामुलक संस्था नेपाल अमेरिका फिल्म सोसाइटी र नेपाल अमेरिका अन्तर्राष्ट्रिय चलचित्र महोत्सवको निरन्तर अभियान छु । नासो कम्युनिटी अमेरिकाको महासचिव पदमा रहेर काम पनि गरिसकेको छु’, उनले भने, ‘अग्रजहरुको सल्लाह र साथीहरुको आग्रहमा मैले उम्मेद्धारी दिने निर्णयमा पुगेको छु।’

नेपाली डायस्पोरालाई एकीकृत गर्दै नेपाल र नेपालीका लागि काम गर्ने साझा संस्था गैरआवासीय नेपाली संघ अमेरिकाको लागि आफुले जानेको ज्ञान र अनुभवहरुलाई बोर्ड अफ डाईरेक्टर पदमा रहेर योगदान गर्ने उनले बताए।

बराईलीले नेपालमा जागरण मिडिया सेन्टरको संस्थापक सचिव, नेपाल पत्रकार महासंघ–ललितपुर शाखाको अध्यक्ष, मानवअधिकार चलचित्र केन्द्रको संस्थापक अध्यक्ष लगायत विभिन्न सामाजिक संस्थामा काम गरिसकेका छन्।

प्रतिकृया दिनुहोस्
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

Popular News