गुल्मीदरबारमा बाँदर आतंक:

पोष्ट शेयर गर्नुहोस।
  •  
  •  
  •  
  •  
  •  

गुल्मीको गुल्मीदरबार गाउँपालिका ५ अमरअर्वाथोकमा यतिबेला बाँदरले आतंक मच्चाई रहेको छ । किसानले लगाएको खेतिबालीमा बाँदरको बिगविगी बढेको छ । बाँदरको बिगविगी बढेपछि किसानहरु चिन्तित बनेका छन् ।
पछिल्लो १ महिनाबाट नियमित रुपमा उक्त गाउँमा बादँरले किसानलाई सताईरहेको स्थानिय कमल बुचाले जानकारी दिनुभयो । भर्खर लगाएको बालीदेखि भित्राईसकेको अन्नबालीमा क्षती गरिरहेको छ । स्थानिय जिवलाल कंडेलले भन्नुभयो “ मैले २० किलो आलु लगाएको थिए, हिजो बाँदरले पुरै सखाप पारिदियो” ।
यो त एउटा उदाहरण मात्र हो अमरअर्वाथोकका सबै कृषकको अन्नबाली दिउँसोको समयमा बढि क्षती पुर्याएको कंडेलले बताउनुभयो । बाँदरले यो वर्ष मात्र होईन विगतका वर्षहरुमा पनि उतिकै आतंक मच्चाएको थियो । अघिल्लो वर्ष गाउँमा एक जना बृद्वलाई बाँदरले आक्रमण गरेको थियो ।
बाँदरको आंतक बढेपछि गत साउनमा गुल्मीदरबार गाउँपालिकाले बाँदर धपाउने यन्त्र कृषकहरुलाई हस्तान्तरण गरेको हो । राष्ट्रिय आविष्कार केन्द्र काठमाडौंबाट दुई हजार ५ सय रुपैयाँका दरले ३५ वटा यन्त्र खरिद गरी कृषकहरुलाई हस्तान्तरण गरेको थियो । किसानहरुले लगाएको बाली खाएर बाँदरले दुःख दिन थालेपछि बाँदर नियन्त्रणका लागि प्रत्येक वडामा ५ वटाका दरले बाँदर धपाउने यन्त्र कृषकहरुलाई हस्तान्तरण गरिएको थियो। तर बाँदर धपाउने यन्त्रले धपाउँदा समेत बाँदर नभागेपछि कृषक त्रसित बनेका हुन् । यसरी अन्नबालीमा क्षती र मानिसलाई समेत आक्रमण गर्न थालेपछि स्थानिय त्रसित भएका छन् ।

प्रतिकृया दिनुहोस्
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

Popular News