भूक्षय, जलाधार तथा वातावरण संरक्षण समितिको अध्यक्षमा थापा

पोष्ट शेयर गर्नुहोस।
  •  
  •  
  •  
  •  
  •  

पोखरा । भूक्षय, जलाधार तथा वातावरण संरक्षण समिति, पोखरा–३२ को तेस्रो अधिवेशन तथा सातौं साधारणसभाले शिवबहादुर थापाको अध्यक्षतामा नयाँ कार्यसमिति निर्विरोध निर्वाचित गरेको छ ।
समितिको उपाध्यक्षमा इन्द्रप्रसाद बास्तोला, सचिवमा विन्दुराज तिवारी, सहसचिवमा पवनकुमार तिवारी र कोषाध्यक्षमा लक्ष्मीदेवी भण्डारी रहेका छन् । समितिका सदस्यहरूमा धनकुमारी परियार, सम्मरबहादुर खत्री, विष्णुप्रसाद वाग्ले, वासुदेव खनाल, गंगामणि गौतम र मोहनकुमार प्रधान छन् । समितिका सल्लाहकारहरूमा संस्थापक अध्यक्ष कृष्णप्रसाद अधिकारी, निवर्तमान अध्यक्ष नारायणप्रसाद वाग्ले, खेमराज खनाल, डोलराज पण्डित र राजेन्द्रप्रसाद खनाल चयन भएका छन् ।
यस अघि कार्यक्रमको उद्घाटन समारोहमा पोखरा महानगरपालिका वडा नं ३२ का वडा अध्यक्ष अक्कलबहादुर कार्कीले भूक्षय, जलाधार तथा वातावरणको संरक्षण सबैको साझा कर्तव्य भएको बताउँदै यसका लागि वडाको तर्फबाट सक्दो सहयोग हुने विश्वास व्यक्त गरे । उनले वडा भित्र विभिन्न विकास निर्माणका कार्यले गति लिएको उहाँले जानकारी दिए । भूक्षय जलाधार तथा वातावरण संरक्षण समितिका संस्थापक अध्यक्ष कृष्णप्रसाद अधिकारीले विभिन्न आरोह अवरोहका साथ संस्था बर्तमान अवस्थासम्म आइपुगेको चर्चा गर्दै यसबीचमा भूक्षय, जलाधार तथा वातावरण संरक्षणमा केही महत्वपूर्ण उपलब्धि हासिल भएको उल्लेख गरे ।

प्रतिकृया दिनुहोस्
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

Popular News