एन.आर.एन. क्यानाडामा बिबादै बिबाद

पोष्ट शेयर गर्नुहोस।
  •  
  •  
  •  
  •  
  •  

एनआरएन क्यानडामा निर्वाचन प्रणालि परिवर्तनको माग गर्दै आएको पुर्व अध्यक्षहरु, पुर्व पदाधिकारी एवं धेरै साधारण सदस्यहरु सहितको ठुलो समुहले बैधानिक रुपमा विशेष साधारण सभा गर्न माग गरेका छन् । एनआरएन क्यानडाले १३ औ साधारण सभाको घोषणा पत्र सार्वजनिक गरेपछि त्यसको प्रतिक्रिया स्वरुप १३ औ साधारण सभा अवैधानिक भएका कारण त्यसका निर्णयहरु खारेज गरि विधिसम्मत तरिकाले बिशेष साधारण सभा बोलाउन माग गरेका हुन् ।

एनआरएन क्यानडाले सम्पन्न गरेको साधारण सभा कुनै पनि दृष्टीबाट विधिसम्मत छैन । अभियानमा संलग्न एनआरएन क्यानडाका पुर्व अध्यक्ष अनिल थापाले भने, “कुनै पनि एजेन्डामा मत प्रयोग गरिएको छैन, एजेन्डालाई साधारण सदस्यले स्विकार गर्यो या गरेन कसरी थाहापाउने । यो त खालि घोषणा मात्र हो”। एनआरएन क्यानडाको व्यापक सुधारका लागी साधारण सदस्यहरुबाट प्रत्यक्ष निर्वाचन प्रणालिको माग भएपनि एनआरएन क्यानडाको नेतृत्वले यसलाई टार्दैैैै आइरहेको छ । १३ औ साधारण सभामा पनि यो एजेन्डालाई संस्थाको तर्फबाट प्रस्तुत गरिएन तर साधारण सदस्यहरुले यसलाई प्रस्तुत गरेपनि मतदानमा नलगी एकतर्फी ढंगले साधारणसभा सम्पन्न गरिएको थियोे । त्यस्तै साधारणसभा हुनुभन्दा २१ दिन अगावै एजेन्डा साधारण सभाका सदस्यहरुलाई दिनुपर्ने भएपनि २०१९ को आर्थिक प्रतिबेदन बाहेक अरु कुनै पनि एजेन्डा समयमा उपलव्ध भएको थिएन । यसरी अवैधानिक रुपमा गरेको भनिएको एजिएमका कुनै पनि निर्णयहरु मान्य नभएकोले विशेष साधारण सभा बोलाई प्रत्यक्ष निर्वाचन प्रणालिको छिनोफाने गर्न र अन्य विषयहरुलाई पनि विषेश साधारण सभामा प्रस्तुत गर्न माग गर्दै एनआरएन क्यानडालाई सात दिने अल्टिमेटम सहित पत्र पठाइएको अभियानमा संलग्न दिपक गौतमले जानकारी दिए । त्यसको जानकारी नेपाली राजदुतावास क्यानडा, अमेरिकन रिजनका क्षेत्रिय संयोजक र गैरआवासिय नेपाली संघ केन्द्रिय कार्यसमितिलाई गराएको पनि गौतमले बताए । त्यस्तै प्रत्यक्ष निर्वाचन प्रणालिको अध्ययन गर्न भन्दै बनाइएको ३ सदस्यीय समिति समेत अमान्य भएको बताइएको छ । स्मरण रहोस यसअघि डिसेम्वर २३ मा विशेष साधारण सभा माग गर्दै एनआरएन क्यानडालाई पत्र पठाइएको थियो । त्यसकै आधारमा जनवरि ८ मा मागकर्ता र एनआरएन क्यानडाको नेतृत्व विच करिव ४ घण्टा लामो औपचारिक छलफल भएको थियो । विभिन्न विषयमा छलफल भएपनि कतिपय विषयहरु एनआरएन क्यानडाको वैठकले टुंगो लगाउनुपर्ने भएका कारण एनआरएन क्यानडाको बैठक सम्म कुर्ने गरि बार्ता टुंगिएको थियो । तर एनआरएन क्यानडा बैठक बसि विबादको समाधान खोज्न भन्दा एकतर्फि निर्णयहरु सार्बजनिक गरेर विबाद निम्ताउन खोजेका भन्दै मागकर्ताहरुले कडा कदम चाल्न बाध्य बनाइएको प्रतिक्रिया दिएका छन् ।

प्रतिकृया दिनुहोस्
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

Popular News