समृद्धीको बाधक हाम्रो प्रबृत्ति- हेमराज भट्ट

पोष्ट शेयर गर्नुहोस।
  • 184
  •  
  •  
  •  
  •  
    184
    Shares
समृद्धीको बाधक हाम्रो प्रबृत्ति- हेमराज भट्ट

बिगतको राजनीतिक अस्थिरताको नासोको रुपमा मौलाएको संस्थागत एवं संरक्षित भ्रष्टाचारको घटनाहरुले जनतामा नैराश्यता उत्पन्न गरायो र यसलाई मुख्य आधार बनाउँदै हुर्केको हिंसात्मक माओवादी द्धन्दको कारण सत्रहजार बढी निर्दोष निहत्था नेपाली जनताहरुको हत्या र खर्बौखर्ब सम्पतिको क्षति भयो। हिंसात्मक द्धन्दले सृजना गरेको वाताबरणले लाखौ लाख बरोजगार नेपाली युवाहरु रोजगारीको खोजिमा बिश्व श्रम बजारको गल्लिहरुमा भौतारिन बाध्य भए। ज्ञान, शीप र क्षमता भएका शिक्षित दक्ष जनशक्ति बिदेश पलायनको क्रमले तिब्रता पायो। गाउँमा बसोबास गरेका मानिसहरु बिस्तारै आफ्ना बच्चाहरुको शिक्षाको निम्ति भन्दै बजार र शहर केन्द्रीत हुँदा गाउँका बस्तिहरु प्राय: शुन्य जस्तै भयो। यो सब अस्तब्यस्तताको कारक राजनीतिक अस्थिरता नै हो भन्दै कम से कम अरु कुराहरु जे जे सुकै भएपनि मुलुकले राजनीतिक स्थिरताको लागि स्थिर सरकार पाओस् भन्नेमा नेपाली जनताहरु नै थिए।

यहि सुनौलो मौकाको पर्खाईमा बसेका साथै कुनैपनि बहाना र सम्झौतामा सत्तामा पुग्न आतुर खड्ग प्रसाद ओली आफ्नो ईच्छालाई मुर्तरुप दिनको लागि उपयुक्त पात्रको खोजिमा थिए। यसै बिचमा उनले आफ्नो अभिष्टलाई पुरागर्न पुष्पकमल दाहललाई सारथी बनाउँदा नै संभव हुने निश्कर्षमा पुगे। परिणाम हत्याउन उनले हतारमा अप्राकृतिक बामगठबन्धनको तालमेल गरे र एउटै घोषणा पत्र लिएर चुनावमा होमिए। खड्ग प्रसाद ओलीले सम्बोधन गर्ने चुनावी सभाहरुमा झ्वाट्ट सुन्दा रमाईलो लाग्ने उनका हाबादारी योजनाहरु सहितका चुड्किला मिसिएका भाषणहरु अनि उखान टुक्काले भरिएको गफमा लट्ठ पर्दै मस्कीमस्की पेट मिंचि मिंचि हौंसिदै ताली बजाउने सारथी कमरेडहरु र देशको सिंगो ब्यबस्था एवं सारा नेपाली जनता र बिश्व समुदायलाई राम्रै पाठ सिकाउँदै आए।

हामीले परिवर्तनको नाममा निरङ्कुशताको अबशेषहरु भन्दै नेपाली समाजको पहिचान र आदर्शहरुले भरिपुर्ण परापुर्व कालदेखि नै आम समुदायका नागरिकहरुको मानसपटलमा अटल रहेको केहि सामाजिक मुल्य र मान्यताहरु बोकेको बिभिन्न जातजातीहरुको भेषभुषा, भाषा, धर्म र संस्कृति साथै प्रचलित चलनचल्ति र रितिरीवाजहरुलाई समेत जोगाउन सकेनौ। जुन हाम्रो आफ्नै नेपाली सभ्यताको बिकासक्रम र नेपालीत्वको जिवन्तताको लागि दुर्भाग्य भएको छ। यसको बारेमा ईतिहासले पक्कैपनि गम्भीर बहस र छलफलहरु गर्नेछ।

बिकास र समृद्धीको बाधक सनातन देखि चलिआएको हाम्रो परम्परागत धर्म, संस्कृति र जिवन संस्कारको प्रतिक हिन्दुत्वलाई ठान्यौ। ठिकै छ, हामीले हिन्दुराष्ट्रको पहिचानलाई नै नाश गर्यौ। बिकास र समृद्धीको बाधक एकात्मक र केन्द्रीय शासकिय स्वरुपलाई ठान्यौ। ठिकै छ, हामीले यसलाई पनि खारेज गर्दै संघियता देशलाई अगाडी बढायौं। बिकास र समृद्धीको बाधक प्रत्यक्ष निर्वाचित जनप्रतिनिधीहरुलाई ठान्यौ। ठिकै छ, हामीले यसलाई पनि हटाउँदै समावेशिता र समानुपातिक निर्वाचन प्रणालीको नाममा सिंगो जनतालाई भ्रममा पार्दै केहि दलका सिमित नेताहरुको हातमा अधिकार सुम्पने गरी मिश्रीत निर्वाचन प्रणालीलाई अपनाउने निर्णय गर्यौ।

केपि ओलीले पाएको अवसरलाई सदुपयोग गरी देशलाई गतिदिनु पर्नेमा उनी बिभिन्न किशिमका मजाकको अभिब्यक्तिहरुमा रम्दै त्यसको अभिनयमा समयको बर्बाद गर्नमा अब्यस्त भए। हुँदाहुँदा यतिसम्म गर्नभ्याए की, निरङ्कुश शासकको जस्तो हलुका प्रचारबाजीहरुमा खुशी हुँदै सुखी नेपाली र समृद्ध नेपाल नामक पोष्टरहरुमा आफ्नो तस्वीर छपाउदै शहरका सडक पेटी र गल्लि किनारहरुमा गाडिएका बिजुली बत्तिको खम्बाहरुमा झुण्ड्याउन लागाए। यत्तिले मात्र पनि उनको मानसपटलमा गहिरो गरी गडेको शासकको जस्तो रुपधारण भएको आभाष नभएर होला ?? एउटा कम्युनिष्ट पार्टीको नेता, श्रमजीबी सर्वहाराबादको नाममा राजनीति गर्दै हुर्किएको सामान्य गरिब किसानको छोरो राजकिय ठॉंटमा आफ्नो जन्मदिनलाई बिशाल उत्सव जस्तैगरी नेपाल आमाको चित्र अंकित केक चार चारवटा हेलिकप्टर प्रयोग गर्दै निरङ्कुश शासकको छनकमा मनाउँछ।

देशको बिभिन्न ठाउँहरुमा भएको सीमा अतिक्रमणको घटनाहरुमा मौन बस्छ। उता नक्शामा मात्रमा चुच्चो छपाएर गुमेको भूमी फिर्ता ल्याउने पहलकद्मी गर्नुको सॉंटो नक्कली राष्ट्रबादको पगरी गुथेर सिंगो नेपाल र नेपाली जनताहरुलाई भ्रमित बनाउँछ। काठमाण्डौ उपत्यका बासीहरुको दुई दशक लामो सपनालाई पुरागर्ने मेलमची खानेपानी आयोजना सम्पन्न गर्नुको अलवा भ्रष्टाचारमा लिप्त हुन्छ। जनताको पहुँचमा स्वास्थ्य पुग्नुपर्ने बिषयको अडानमा पटक पटक मृत्युको शैष्यामा पुग्नेगरी आमरण असनहरु बस्न बाध्य डा.गोबिन्द के.सी. हरुको मागलाई पैतला मुनि राख्छ। ईमानको एउटा रुप कुलमान घिसिङ्ग जस्ता सच्चा राष्ट्र सेवकहरुलाई कर्तब्य बिहिन बनाईन्छ। सयौं हत्या हिंसा, बलत्कार, भ्रष्टाचार र कालो बजारियाहरुको काण्डहरुलाई दुरुत्साहन गर्नु पर्नेमा सरकार कानमा तेल हालेर बस्दा संगैका सारथीहरु मुकदर्शक मात्र बन्दछन्।

केहिबर्ष पहिले एउटी नेपाल आमाकी छोरीचेली निर्मला पन्तको बलत्कार पछि गरिएको बिभत्स हत्याकाण्डको दोषी समातेर कार्वाही गरेर न्याय दिलाउन एक बचन नबोल्ने। पटकौ पटकका सुन तस्करीको काण्डहरुमा संलग्नलाई खोज्न पर्यो भनेर आवाज ननिकाल्ने। यति होल्डिंग, वाईड बडी जहाज खरिद र घोटला काण्डहरुका फाईलहरु थन्क्याई छक्क परेर खुशीहुने। बालुवाटारमा रहेको ललिता निवास जग्गा खरिद बिक्री प्रकरणमा लागेकाहरुलाई अनुसन्धानको दायरामा ल्याउनुको सट्टा हुमुकी शैलीमा उन्मुक्ति दिंदा गमक्क परेर बस्ने। स्वास्थ्य सामग्री खरिद प्रकरण, ओम्नी, फोर जि र ७० करोडको सुरक्षित मुद्रण खरिद काण्डहरुमा रमाउँदै कमिशनको पोखरीहरुमा पौडी खेलेको हेरेर रमाउदै मोहित हुने।

ईतिहासले सुम्पिएको यो गहन जिम्मेवारीलाई पुरागर्दै संधियौ देखिको नेपाली जनताहरुको बिकास र समृद्धीलाई चुम्ने चाहाना बिपरित पटक पटकको गलत राजनीतिक निर्णयहरुले उब्जाएको प्रश्नहरुले सिंगो नेपाली समाजलाई आज फेरी गतिहिन र अनुत्तरित बनाएको छ। २०४६ को दशकपछि बितेका ३० बर्षहरुमा हामीले बिभिन्न किशिमका राजनीतिक प्रयोगहरु गर्दै संसारकै अब्बल मानिएको संसदिय ब्यबस्था सहितको लोकतान्त्रिक प्रणालीमा देशलाई अगाडी बढाउँदै समाजबादका आधारहरु तयार गर्नुपर्ने अबस्थामा आईपुगेका हामीहरु एकाएक पक्षगमनको फेरो समात्न पुगेका छौ।

कुर्सिको बाघडोर समालेको केहि समयमा नै उनमा सत्ता र शक्तिको रबाफमा छचल्किएको मोह, अहंकारको दम्भमा उल्लिएको उन्माद यसरी पोखिएको थियो की ?? धेरैले त परै जाओस् संधैसंगै साथमै रहने र लामो समय देखि एउटै यात्रामा सवार कमरेडहरुले पनि उनमा पलाएको यो आशत्तिको बारेमा कुनैपनि छनक नै पाएनन्। हरेक घटनालाई तीब्र गतिमा तोडमोड पार्दै बिषयान्तर गर्नमा माहिर र सिपालु भएकाले एकपछि अर्को बिषयबस्तु तत्काल निम्त्याउँदै राज्य संयन्त्रको चरम दुरुपयोग गर्दै बिधी की ब्यक्ति प्रधान भन्ने लडाईको बाधकको रुपमा उनले जननिर्वाचित अंग संघिय संसदलाई देखे। गलत मनसायबाट ओतप्रोत हुदै हतार हतार अलोकतान्त्रिक र असंबैधानिक अभ्यासका कदमहरु चाल्दै प्रतिनिधी सभा बिघटन गरे।

एकथरी कमरेड आफ्नो स्वभाब र आचरण टसमस नगर्ने जब्बरेशैली र असक्षमता एवं अकर्मण्यताको दोष नेपालको संबिधान, प्रचलित कानून र प्राप्त लोकतान्त्रिक ब्यबस्था माथि थोपर्दै राज्यका सबै संबैधानिक अंगहरुलाई कब्जामा पार्न गरेका हर्कतहरु तपाई हामी सामु छर्लङ्ग नै छ। अर्काथरी कमरेडहरु पनि के कम हिजो जंगलमा हुँदा होस् या प्रतिपक्षमा, सडकका रेलिङ्गहरु तोड्दै यसरी नै जुलुश र नाराहरु घन्काउन बानी परेराहरुलाई लाज लाग्ने त कुरै भएन। पार्टीको आन्तरिक बैठक तथा छलफलहरु वा संसदबाट नै बेला बेलामा खबरदारीहरु गरेको भए कहॉंबाट आउँथ्यो एकैपटक यतिठुलो अस्वभाबिक शाहस र अनि लिनसक्थ्ये एकैसाथ लोकतन्त्र, संबिधान र तपाईहरु सबैको हुर्मत। कमरेडहरु हो ?? केपि ओलीको सक्कली राष्ट्रबादी रुप, असली लोकतन्त्रबादी झल्कने अनुहार र बिधी र पद्धीलाई मान्ने चरित्र त देख्यौ होला नि ?? तर, के गर्नु त्यसको मुल्य तिमीहरुले मात्र होईन, हामी सहित सिंगो देश र नेपाली समाजको एउटा पुस्ताले कालान्तार सम्मपनि ब्यहोर्नु पर्नेछ।

मैले माथी नै चर्चा गरेको छु। हाम्रो बिकास र समृद्धीको बाधक न कुनै धर्म बिशेष न कुनै जातजातीहरुको परम्परागत, संस्कृति, भेषभुषा र भाषाहरु नै केहि होईन रहेछ। हाम्रो बिकास र समृद्धीको बाधक न आफ्नै मौलिक सभ्यता, नेपालीपन, चलिआएका चाडपर्वहरु र रितीरिवाजहरु पनि होईन रहेछ। हाम्रो बिकास र समृद्धीको बाधक एकात्मक र केन्द्रीकृत राज्य प्रणाली पनि होईन रहेछ। हाम्रो बिकास र समृद्धीको मुख्य बाधक त ? हाम्रा उदाउँदै गरेका नव शासकहरुमा निहित आडम्बरमा हुर्किएको दरिद्र मानसिकता, संबिधानको मर्म र भावना बिपरित अलोकतान्त्रिक निर्णय र गतिबिधीहरु, परिवर्तित ब्यबस्थाले अंगिकार गरेको बाटोलाई अंगाल्न नसक्ने मनोबृत्ति र दुरासयपुर्ण प्रबृत्तिहरु नै रहेछ। मुलुकको स्वार्थ भन्दा आफ्नो ब्यक्तिगत संगै पारिवारिक स्वार्थ र लाभलाई महत्व दिने संक्रिण स्वभाब, केहि गरौ भन्ने ईच्छाशक्तिको पुर्ण त अभाब। दुर्भावाना र दुष्नियत, कच्चा एवं अपरिपक्क निर्णयशैली तथा अनाबश्यक अभ्यासहरु नै हाम्रो बिकास र समृद्धीको मार्गमा खडिएको ब्याबधानका पर्खालहरु रहेछन्।

अन्तमा, हामीले जति नै ठुलो र कागजी रुपमा जे लेखेतापनि ब्यबहारिक तबरबाट आ आफ्नो प्रबृत्ति र सोंचलाई परिवर्तन गर्न नसक्दा सम्म कुनै उपलब्धी फेला पार्ने देखिएन। एकले अर्कोलाई दोषारोपण गर्दै चोरी औंला तेर्स्याउदै गाली गर्नुको बिकल्प छैन, भएन। त्यसैले समयमा छंदैमा सबै सच्चिंउ र समयको मागलाई पुरा गर।

जय नेपाल !

प्रतिकृया दिनुहोस्
  •  
    184
    Shares
  • 184
  •  
  •  
  •  
  •  
  •  

Popular News