एन.आर.एन.ए. क्यानाडाको रक्तसंचार समितीलाई क्यानेडियन बल्ड सर्भिसेजद्धारा सम्मान

पोष्ट शेयर गर्नुहोस।
  •  
  •  
  •  
  •  
  •  

रक्तदान जीबनदान हो भन्ने युक्ति त हामीसबैलाई नै थाहा छ तर अझै पनि हामीमा रक्तदान गर्ने बानीको बिकास भईसकेको छैन अर्थात भनौ हामी रक्तदान गर्न सहज मान्दैनौ ।कतिपय विरामी त्यस्ता हुन्छन जसलाई रगत दिएर मात्र बचाउन सकिन्छ । यदि त्यस्तै विरामिलाई तपाइले रगत दिनुभयो भने कस्तो महसुस होला ? तपाइले कसैको जिवन बचाउनुभयो । त्यसैले त भनिन्छ रक्तदान जिवनदान । जिवनदान भन्दा ठुलो दान र पुण्य संसारमा के होला । यस्तै दान गरेबापत क्यानडामा रगत र यससम्वन्धि उत्पादनहरुको व्यावस्थापन गर्ने संस्था क्यानेडियन ब्लड सर्भिस(सिविएस)ले एनआरएन क्यानडा र एनआरएनएको रक्तसंचार समिति लाई सम्मानित गरेको छ ।

एनआरएनएको रक्तसंचार समिति र एनआरएन क्यानडाले २०१८ देखि २०२० सम्म गरेका रक्तदानका कार्यहरुलाई प्रोत्साहन गर्दै क्यानेडियन ब्लड सर्भिसले सम्मान स्वरुप प्रमाणपत्र प्रदान गरेको हो(प्रमाणपत्र हेर्नुहोस) । यो सम्मान हाम्रो आव्हानमा रक्तदान गरि क्यानेडियन नेपाली समुदायलाई गौरभान्वित तुल्याउन योगदान गर्नुहुने सम्पुर्ण रक्तदाताहरुप्रति समर्पित छ । साथै क्यानडाबासी नेपालीहरु र सम्पुर्ण गैरआवासीय नेपालीहरुका लागी गर्वको विषय पनि हो ।

यसका साथै क्यानेडियन व्लड सर्भिसले गत अक्टोबरमा स्थापित संस्था नेपलिज ब्लड डोनार्स एसोसिएसन(एनविडीए) क्यानडालाई नेसनल पार्टनर्स चयन गरेको छ । नेपलिज ब्लड डोनार्स एसोसिएसन क्यानडा र क्यानेडियन ब्लड सर्भिसविच विभिन्न चरणको बैठकपछि यहि जनवरि ९ तारेखका दिन सिविएस ले एनविडिएलाई नेसनल पार्टनर चयन भएको घोषणा गरेको हो । नेपलीज क्यानेडियन ब्लड डोनार्स एसोसिएसनको पहलमा क्यानडामा रहेका नेपाली समुदायको लागी क्यानेडियन ब्लड सर्भिसले एउटा पार्टनर फर लाईफ(पिएफएल) नम्वर प्रदान गरेको छ । जुन यसप्रकार छ । (NEPA0092756)

क्यानडाको जुनसुकै सिटीमा बस्ने नेपालीहरुले रक्तदान गर्दा यो नम्वर प्रयोग गरेर रक्तदान गर्न सक्नुहुनेछ । यसो गरेमा सम्पुर्ण क्यानडामा बसोबास गर्ने नेपालीहरुले गरेको रक्तदान पिएफएल नम्वरमा रेकर्ड हुन जान्छ र रक्तदानको क्रेडिट नेपाली समुदायले पाउने छ । जसका कारण नेपाली समुदायले क्यानेडियन समुदायका लागी गरेको मानविय कार्यको गतिलो उदाहरण प्रस्तुत गर्न सकिने छ । “Sharing Knowledge, Experience, Skills, and Values to help improve Science & Technology, Entrepreneurship, Policy, and Practice in Nepal”

पिएफएल नम्वरमा लगइन गर्नको लागी लिंक एसप्रकार छ ।

https://myaccount.blood.ca/en/profile/groups?joinPflId=NEPA0092756

सिविएससंगको नेसनल पार्टनर हुदा नेपाली समुदायलाई अन्य उपलव्धिहरु पनि हुनेछन् । नेपाली समुदायका सदस्यहरुले क्यानेडियन ब्लड सर्भिसमा स्वयंसेवा गर्न चाहेमा नेपलिज क्यानेडियन ब्लड डोनार्स एसोसिएसन को सिफारिसमा स्थान उपलव्धताको आधारमा स्वयंसेवा गर्न सक्नेछन् । नेपाली समुदायबाट रक्तदानको क्षेत्रमा उल्लेखनिय योगदान पुऱ्याउने व्याक्तित्वलाई एनविडिएको सिफारिसमा सिविएसले अवार्ड प्रदान गर्न सक्नेछ । रक्तदानको माध्यामबाट विदेशि भुमिमा नेपाली समुदायलाई चिनाउन यसलाई एक अवसरको रुपमा प्रयोग गर्न सकिने छ ।

अन्त्यमा सम्पुर्ण क्यानडाबासी नेपाली रक्तदाताहरुले व्याक्तिगत तथा सामुहिक रक्तदान गर्नुपरेमा माथीको लिंक प्रयोग गरि रजिस्ट्ेरसन गर्न सकिने एनविडिए क्यानडा का संयोजक सुरेश गौतम ले नेपाल क्यानाडा न्युजलाई बताउनुभयो ।

प्रतिकृया दिनुहोस्
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

Popular News