क्यानाडाको मिसिसागा क्षेत्रमा पहिलो नेपाली ज्वेलर्स संचालनमा आउदै ।

पोष्ट शेयर गर्नुहोस।
  •  
  •  
  •  
  •  
  •  

क्यानाडाको जि.टि.ए. क्षेत्रलाई मध्यनजर गर्दै पहिलो पटक नेपाली परम्परागत गहना सहितको सुन,हिरा तथा चाँदी गहना गृहको संचालन हुने भएको छ । कोभिढ–१९, को महामारीले शोरुम बाट सेवा नदिए पनि आपसी सम्पर्क र घरबाटै भने सेवा संचालन भईसकेको छ । खासगरी यो क्षेत्रमा नेपाली,तिब्बती मुलका नेपाली र भुटानीमुलका नेपालीहरुको उल्लेखीय जनघनत्व रहेको छ । यसै कारण यो क्षेत्रमा नेपाली परम्परागत डिजाईन र अन्य नेपालका बिभिन्न जात जाति र धर्म संस्कृती का मानिसहरुले लगाउने गहनाको ठुलो माग रहदैं छ, भने क्यानाडमा पाइने गहनपसल हरुमा २२ क्यारेटका सुनका गहनामात्र पाइने हुदा, २४ क्यारेटका सुन र गहनाको पनि ठुलो माग रहेको पाईन्छ ।

यस किसिमको माग र ग्राहकहरुको माग लाई मध्यनजर गर्दै यस किसिमको गहनागृहको संचालन गरेको सरस्वती ज्वेलर्सका संचालक ले जानकारी दिनु भयो । यसको संचालन संगै अब नेपालीहरुलाई नेपाल बाटै गहना खरिद गरेर ल्याउनुपर्ने कानुनी झन्झट र अन्य कठिनाई बाट मुक्त हुने समेत संचालकले बताउनु भयो । हाल सरस्वती ज्वेलर्समा बिशेषतः बिबाहका सबै खालका गहना,२४ र २२ क्यारेटका सबै खालका गहना, नेपाली परम्परागत गहना, राशीको पत्थर सहितका गहना तथा औठीहरु, हिराका गरगहना रुद्राक्षका माला, परम्परागत सुन तथा चाँदीका पुजाआजा तथा अन्य सजावट का गहना तथा सामाग्रीहरु साथै ग्राहको रोजाईका डिजाइन अनुसारका गरगहना खरिद बिक्रीको सुबिधा समेत रहेको छ । सरस्वती ज्वेलर्स बाट सेवा लिनका लागी अथवा यस किसिमको कुनै सेवा चाहिएमा यसका संचालक लाई ६४७,२२१,१७१४ मा सम्पर्क नंं सम्प्र्क गर्न सकिन्छ ।

प्रतिकृया दिनुहोस्
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

Popular News