अन्ततः प्रचण्डलाई लतारेर नै छाडे के.पी.वली ले

पोष्ट शेयर गर्नुहोस।
  •  
  •  
  •  
  •  
  •  

काठमाडौं ,
१ पुस । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी ९नेकपा० को स्थायी कमिटी बैठक प्रधानमन्त्रीको सरकारी निवास वालुवाटारमा जारी रहेको छ ।स्थायी कमिटी बैठकमा प्रधानमन्त्री समेत रहनुभएका अध्यक्ष ओली पनि सहभागी हुनुभएको छ । बैठक अघि अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डबीच छलफल भएको थियो ।

अध्यक्षद्वयको छलफलमा सरकारले ल्याएको संवैधानिक परिषद् सम्बन्धी अध्यादेश फिर्ता लिन प्रधानमन्त्री समेत रहेका अध्यक्ष ओली सहमत बनेको वालुवाटार स्रोतले जानकारी दिएको छ । यस्तै अध्यक्ष प्रचण्डले यसअघि पार्टी कमिटीहरुमा पेश गरेको राजनीतिक प्रस्ताव पनि फिर्ता लिने सहमति जुटेको बताइएको छ ।
यस्तै संसदको विशेष अधिवेशनको माग पनि फिर्ता गर्ने सहमति बनेको नेताहरुले बताएका छन् । योसँगै नेकपामा देखिएको विवाद पनि समाधान तर्फ अघि बढ्न सक्ने अनुमान गरिएको छ । तर, अध्यक्षद्वय भएका सहमतिका विषयहरुमा स्थायी कमिटी निर्णय लिन बाँकी रहेको छ ।

प्रतिकृया दिनुहोस्
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

Popular News