साहित्यकार देवेन्द्र केसीका दुई कृति ‘इमानको पहाड’ र ‘यो जुनीमा यस्तै भयो’

पोष्ट शेयर गर्नुहोस।
  •  
  •  
  •  
  •  
  •  

काठमाडौं । साहित्यकार देवेन्द्र केसी ‘देवु’ को मुक्तकसंग्रह ‘इमानको पहाड’ र गीति एल्बम ‘यस्तै भयो यो जुनीमा’ सार्वजनिक गरिएको छ । काठमाडौँमा आयोजित एक कार्यक्रममा साहित्यकार एवं पूर्वअर्थमन्त्री शंकर कोइरालाले दुवै कृति सार्वजनिक गरेका हुन् । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका महाप्रबन्धकसमेत रहेका केसीले यसअघि नै तीनवटा कृति प्रकाशन गरिसकेका छन् ।

‘इमानको पहाड’ कृतिमाथि टिप्पणीगर्दै युवा समालोचक महेश पौड्यालले केसीमा कोमल, नरम र हृदयसंवेद्य शब्दहरूको संयोजन गरेर काव्य रचना गर्ने अद्भुत सामथ्र्य रहेको बताए । पौडेलले केसीमा कठोर अभिव्यक्ति दिनुपर्ने विषय र सन्दर्भमा समेत सुकोमल शब्दको प्रयोगबाट मुटु छेड्ने प्रस्तुति दिने कला लोभलाग्दो रहेको टिप्पणी गरे ।


‘यो जुनीमा यस्तै भयो’ एल्बममाथि बोल्दै उक्त एल्बमका संगीतकार शक्ति बल्लभले निकै सरल शब्द, सहज अभिव्यक्ति र सुन्दर अनि कलात्मक प्रस्तुति केसीका गीतमा रहेको बताए । लोकजीवनका बिम्ब, पौराणिक कथाका पात्रलाई समेत गीतमा उन्न सक्ने केसीको खुबीको शक्ति बल्लभले प्रशंसा गरे ।

समालोचक, कवि घनेन्द्र ओझाले देवेन्द्र केसीका रचनामा प्रकृति र इमानको अत्यन्त धेरै प्रयोग भएको बताए । लोक जीवनमै जन्मेहुर्केका केसीको लोकसाहित्य, लोककला र लोक संस्कृतिप्रतिको प्रेम उदेकलाग्दो भएको ओभलाको टिप्पणी थियो ।

गीतकार संघका अध्यक्ष चूडामणि देवकोटाले सुन्दर, राष्ट्रप्रेमयुक्त र कलात्मक गीत रचना गर्ने केसीको गीत लेखनमा निरन्तरताको कामना गरे । गीतकार, कवि शंकर कोइरालाले देवेन्द्र केसी कविता, मुक्तक र गीत तीनवटै विधामा सशक्त रहेका बताउँदै अवकाशपछिको जीवन साहित्य र संगीतमै समर्पित गर्न सुझाव दिए ।

कवि, गीतकार केसीले प्रकृति र संगतका कारण साहित्यमा लागेको बताउँदै साथीभाइ र परिवेशले आफू यतातर्फ निरन्तर होमिएको सुनाए ।

गीति एल्बम ‘यो जुनीमा यस्तै भयो’ मा शक्ति बल्लभको एकल संगीत रहेको छ भने चर्चित गायकहरू आनन्द कार्की, शिशिर योगी, स्वरूपराज आचार्य, मिलन नेवार, नवीन कार्की, सुमित खड्का र शक्ति बल्लभ स्वयंले एल्बममा स्वर दिएका छन् ।
‘यो जुनीमा यस्तै भयो’ मा एल्बमभित्र स्वर दिएका गायक नवीन कार्कीले अब छिट्टै आफ्नो एल्बम ‘नवीन’ लिएर आउँदैछन् ।Source: Musickhabar.com

प्रतिकृया दिनुहोस्
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

Popular News