एमाले नेता ले बेचे मन्त्री पद संग बुटवलको राजधानी

पोष्ट शेयर गर्नुहोस।
  • 1.1K
  •  
  •  
  •  
  •  
    1.1K
    Shares

काठमान्डौ, प्रधानमन्त्री केपी शर्मा ओलीले विष्णु पौडेललाई अर्थमन्त्रीको जिम्मेवारी दिएका छन् छन् । नेपाल कम्युनिट पार्टी ९नेकपा० का महासचिव पौडेललाई सरकारको सिफारिसमा बुधबार राष्ट्रपति विद्यादेवी भण्डारीले नेपालको संविधानको धारा ७६ को उपधारा ९ बमोजिम अर्थमन्त्रीमा नियुक्त गरेकी हुन् ।

यो संगै नेकपा का कार्यकर्ताले नेता बिष्णु पौडेल ले बुटवलको राजधानी संग मन्त्री पद बेचेको भन्दै सामाजिक संजालमा आक्रोस पोखेका छन् । संयोग भनौ या योजना नै भनौ केही समय अगाडी बुटवलको राजधानी दाङको भालुबाङ सार्ने निर्णय भए संगै रुपन्दैही बासी करीब २०० जना कार्यकर्ताले ने.क.पा. पार्टी परित्याग गरको घोषणा गरेका थिए । बालुवाटार जग्गा प्रकारणमा फसेको बिष्णु पौडेल लाई सामाजिक संजालमा बालुवाटारको जग्गा प्लटिङ्ग गर्ने व्यपारीले अर्थ मन्त्रालय पाए भनेर ब्यङग्य पनि गरेको छन् । बलुवाटारको जग्गा बिष्णु पौडेल ले छोराको नाममा किनेको अख्तियार ले समाते पछि उनले सो जग्गा सरकार लाई फिर्ता समेत गरका थिए ।

प्रतिकृया दिनुहोस्
  •  
    1.1K
    Shares
  • 1.1K
  •  
  •  
  •  
  •  
  •  

Popular News