अलपत्र मजदुरलाई लाल शाेभाले खाद्यान्न सहयोग गरिन

पोष्ट शेयर गर्नुहोस।
  •  
  •  
  •  
  •  
  •  

विभिन्न जिल्ला बाट पाेखरामा मजदुरि गर्न पुगेका समस्यामा परेका केही मजदुरलाई समाजसेवी लाल शाेभा गरुङले खाद्यान्न सहयोग गरेकि छिन ।

पोखरा महानगर वडा न. ७ निवासी गुरुङले अत्यन्तै नाजुक अवस्थामा रहेका चार जना मजदुरलाई तीन हजार पाँच सय बराबरकाे खाद्यान्न सहयोग गरेकि हुन ।खाने केही पनि रहेनछ म पनि समस्यामा अरु सगै मागेर खाने मान्छे हु अहिले म सग छ उनिहरु सग छैन त्यसैले सहयोग गरेको हु गुरुङले भनिन । गुरुङले प्रतिब्यक्ति दुई बाेरा चामल, तेल, नुन , मस्यौरा, दाल, आलु, २ किलो गेडागुडी सहयोग गरेकि हुन ।

खाद्यान्न पाए पछि मजदुरहरु खुसि भएका छन । गुरुङ पाेखराका थुप्रै सामाजिक सघं सस्थामा आबद्ध छिन ।मलाई चर्चामा आउन केही छैन समस्यामा परेकाहरुकाे पिडाले मन दुख्छ मैले मेहनत गरि कमाएको खर्चले भित्रि मन बाट सहयोग गरेको हु उनले भनिन ।उनले कम्तिमा पनि एकजनालाई २ महिना पुग्ने खाद्यान्न सहयोग गरेकि छिन ।

प्रतिकृया दिनुहोस्
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

Popular News